global ime bank Long Banner Ad

गृहपृष्ठ वडासदस्य जुग्जालीद्वारा वडा कार्यालयलाई जग्गा दान

वडासदस्य जुग्जालीद्वारा वडा कार्यालयलाई जग्गा दान

वडासदस्य जुग्जालीद्वारा वडा कार्यालयलाई  जग्गा दान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि २० लाख मूल्य पर्ने जग्गा निःशुल्क प्राप्त भएको छ ।

मालिका गाउँपालिका–७ का वडासदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निःशुल्क दान गरेको हो । जुग्जालीले उपलब्ध गराएको जग्गाको मूल्य २० लाख बराबरको रहेको वडाध्यक्ष टकलाल पुनले बताए ।

जुग्जालीले यसै हप्ता मालपोत कार्यालयमा आएर सबै प्रक्रिया पूरा गरी गाउँपालिकाको नाममा जग्गा हस्तान्तरण गरेको हो । जग्गा प्राप्त भएपछि भवन निर्माण प्रक्रिया अघि बढाउने वडाध्यक्ष पुनले बताए । हाल साविक बिम गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हँुदै आएको छ ।

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु