global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफल : वि.सं. २०८३ असार ७ गते आइतबार

आजको राशिफल : वि.सं. २०८३ असार ७ गते आइतबार

आजको राशिफल : वि.सं. २०८३ असार ७ गते आइतबार

आज  २०८३ असार ७ गते आइतबार, ईस्वी संवत् २०२६ जुन २१, नेपाल संवत् ११४६ तछलाथ्व सप्तमी, अधिक ज्येष्ठ शुक्ल पक्ष तथा जेठ शुक्ल सप्तमी परेको छ।

पञ्चाङ्ग अनुसार सिद्धि योग, वणिज करण तथा ग्रीष्म ऋतु रहेको छ। चन्द्रमा सिंह राशिमा र सूर्य मिथुन राशिमा रहेका छन्। आज रवि सप्तमी व्रत, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस तथा विश्व संगीत दिवस पनि मनाइँदैछ। नेपालमा आज सूर्योदय बिहान ५ः१० बजे र सूर्यास्त साँझ ७ः०० बजे हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि घरबाट निस्कँदा घिउ सेवन गरी जुनसुकै दिशातर्फ यात्रा गरे पनि शुभफल प्राप्त हुने विश्वास गरिएको छ। महत्वपूर्ण कार्यको प्रारम्भ वा शुभ यात्राका लागि बिहान ६ः१९ बजेदेखि ९ः५१ बजेसम्मको समय विशेष शुभ मानिएको छ। उक्त समय नेपालको राष्ट्रिय समयअनुसार निर्धारण गरिएको हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ सम्झौता वा करारमार्फत आर्थिक लाभ हुने सम्भावना छ। जग्गाजमिन, पेट्रोलियम पदार्थ, प्लास्टिकजन्य सामग्री तथा सञ्चारसम्बन्धी व्यवसायबाट फाइदा मिल्न सक्छ। दिनभरि व्यस्तता रहने भएकाले प्रेम र दाम्पत्य जीवनमा केही असर पर्न सक्छ। स्वास्थ्य र आराममा पनि ध्यान दिनु उचित हुनेछ। नयाँ ज्ञान तथा प्रविधिप्रति आकर्षण बढ्नेछ भने मेहनती विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

घरपरिवार, आफन्त तथा साथीभाइलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ। यद्यपि अत्यधिक उदारता देखाउँदा अरूले फाइदा उठाउन सक्ने भएकाले सावधानी आवश्यक छ। आफ्नो क्षमता प्रदर्शन गरी वरिष्ठहरूको ध्यान आकर्षित गर्न सकिनेछ। प्रेम सम्बन्धमा निकटता र विश्वास बढ्ने अनुकूल समय रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बौद्धिक तथा ज्ञानमूलक विषयमा रुचि बढ्नेछ। शुभ समाचार प्राप्त हुँदा दिन उत्साहपूर्ण बन्न सक्छ। आर्थिक कारोबारमा हतारमा निर्णय नगर्नु उचित हुनेछ। घरेलु तथा साना काममा समय बित्न सक्छ। भान्साको काम, आगो वा धारिलो सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कला, साहित्य तथा अभिनयप्रति रुचि बढ्ने दिन हो। अध्ययनमा ध्यान केन्द्रित गर्नु लाभदायक हुनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ र जिम्मेवारीसमेत बढ्न सक्छ। इच्छित अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्ना भावना र अनुभवहरू साझेदारी गरी मानसिक सन्तुष्टि प्राप्त हुने दिन हो। जीवनसाथी वा प्रिय व्यक्तिसँग लामो संवाद हुन सक्छ। आम्दानी बढ्ने सम्भावना रहेको छ। मेहनतको प्रतिफल प्राप्त हुनेछ र सामाजिक प्रभाव बढ्नेछ। हतार र आवेगबाट टाढा रहनु राम्रो हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रिस र अहंकार बढ्न सक्ने भएकाले संयम अपनाउनु आवश्यक छ। विवाद, झगडा वा कानुनी विषयमा संलग्न नहुनु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या देखिए बेवास्ता नगर्नुहोस्। नयाँ कामको प्रस्ताव आउन सक्छ र बुद्धिमानीपूर्वक निर्णय गर्दा लाभ मिल्नेछ। पुराना साथीभाइसँग भेटघाटको सम्भावना पनि रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आवेगपूर्ण व्यवहारले आफन्त वा शुभचिन्तकसँग दूरी बढ्न सक्छ। त्यसैले संयमित र अनुशासित व्यवहार गर्नु उचित हुनेछ। मन हलुका र स्वास्थ्य राम्रो रहनेछ। परिवार तथा आत्मीयजनसँग समय बिताउने अवसर प्राप्त हुनेछ। भेटघाटको इच्छा भए पनि परिस्थितिका कारण सम्भव नहुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगी तथा साझेदारसँग सम्बन्ध सुदृढ रहनेछ। बिजुलीका सामग्री, खेलकुद उपकरण तथा फलामजन्य व्यवसायबाट लाभ मिल्न सक्छ। परिवार र साथीभाइसँगको भेटघाटले आनन्द प्रदान गर्नेछ। समसामयिक विषयमा गम्भीर छलफल र अध्ययन गर्ने अवसर प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्मरणीय खुशी प्राप्त हुने सम्भावना छ। परीक्षा तथा प्रतियोगिताका लागि दिन अनुकूल रहनेछ। नयाँ विषयको अध्ययन वा जानकारीले भविष्यमा फाइदा पुर्‍याउन सक्छ। आफ्नो बोली र व्यवहारमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि शब्दले सम्बन्धलाई मजबुत वा कमजोर दुवै बनाउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन र अनुसन्धानप्रति रुचि बढ्नेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुने संकेत छन्। विगतका कमजोरी सुधार्दै अघि बढेमा उपलब्धि हासिल हुनेछ। साझेदारसँग आफ्ना समस्या र अपेक्षा खुलस्त रूपमा राख्दा सकारात्मक समाधान निस्कन सक्छ। आयको स्रोत बलियो भए पनि बोलीमा संयम आवश्यक रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

केही विवादास्पद निर्णयमा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ। अरूका लागि समय दिनुपरे पनि अन्ततः सहयोगी व्यक्तिहरूको साथ प्राप्त हुनेछ। प्रेम र सम्बन्धमा विश्वास बलियो बन्नेछ। मनमा शान्ति र सन्तुष्टि रहनेछ। प्रियजनसँग भेटघाट वा हराएको वस्तु प्राप्त हुने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

योजनाअनुसार काम सम्पन्न हुनेछन्। परिवारको वातावरण सकारात्मक रहनेछ। अहंकार त्यागी लक्ष्यप्रति केन्द्रित भए ठूलो सफलता प्राप्त गर्न सकिनेछ। दाजुभाइ तथा परिवारजनको आवश्यकतामा समय दिनुपर्ने हुन सक्छ। सरकारी, प्रशासनिक तथा प्रतिष्ठासँग सम्बन्धित कार्यमा सफलता मिल्ने सम्भावना रहेको छ।

प्रकाशित समय : ०६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु