काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली कम्पनीलाई विदेशी धितोपत्र बजारमा सूचीकृत हुन बाटो खुला

2.02K
shares

काठमाडौँ । सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशी धितोपत्र बजारमासमेत सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेको हो ।

बजेट वक्तव्य प्रस्तुत गदै अर्थमन्त्री वाग्लले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्नेगरी ‘ग्लोबल डिपोजिटरी रिसिट’ जारी गर्न पाउने व्यवस्था मिलाइने बताए ।