global ime bank Long Banner Ad

गृहपृष्ठ इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान

इरानी राष्ट्रपति पेजेस्कियनद्वारा मुस्लिम एकताको आह्वान

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्यपूर्वमा व्याप्त क्षेत्रीय चुनौती र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गरेका छन् ।

ईद अल–अधा अघि धेरै मुस्लिम राष्ट्रका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्दै पेजेस्कियनले इस्लामिक एकता अब्बल बनाउन र ‘खतराहरूको सामना’ गर्दै सबै क्षेत्रमा सहयोग विस्तार गर्नु पर्ने बताएका छन् ।

इराक, ओमान, कतार, टर्की, ताजिकिस्तान, इजिप्ट, किर्गिजस्तान र अजरबैजान लगायतका नेताहरूसँगको कुराकानीमा ईद अल–अदाको शुभकामना दिँदै उनले भगवानले मुस्लिमहरूको हृदयलाई नजिक ल्याई सबै क्षेत्रमा सहयोगको विस्तार र खतराको सामना गर्न एक अर्काको समर्थन गर्न सकिने सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

किर्गिज राष्ट्रपति सादिर जापारोभसँगको कुराकानीमा पेजेस्कियनले ईद अल–अदालाई मुस्लिम राष्ट्रहरूबीचको विश्वास, बलिदान र एकताको शक्तिशाली प्रतीकको रूपमा वर्णन गरेको इरानी राज्य सञ्चार माध्यम प्रेस टिभीले जनाएको छ । यो अवसरले इस्लामिक विश्वका देशहरूबीच आपसी विश्वास र क्षेत्रीय सम्बन्धलाई गहिरो बनाउन सम्झाउने अवसरको रूपमा काम गर्नुपर्ने उनले बताएका छन् ।

इस्लामिक क्षेत्रमा एकता र बाह्य हस्तक्षेपको सामूहिक अस्वीकारमा निर्मित क्षेत्रीय सम्बन्धमा आगामी समयमा ‘नयाँ अध्याय’ देखा पर्ने विश्वास व्यक्त गर्दै पेजेस्कियनले विवाद समाधानका लागि कूटनीति संवादप्रति इरानको प्रतिबद्धतालाई दोहो¥याएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको वार्ताका क्रममा पेजेस्कियनले मुस्लिम देशहरूबीचको एकताले साझा क्षेत्रीय संकटहरूलाई सम्बोधन गर्न र बाह्य दबाबहरूको सामना गर्न महत्वपूर्ण भूमिका खेल्न बताएका छन् ।

यसैबीच उनले तेहरान र क्वालालम्पुरबिच आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा बलियो द्विपक्षीय संलग्नताका लागि पनि आह्वान गरेका छन् । जवाफमा प्रधानमन्त्री अनवर इब्राहिमले मुस्लिम राष्ट्रहरूबीच अझ बढी एकता र सहयोगको आशा व्यक्त गरेका छन् ।

इराकी राष्ट्रपति निजार अमीदी र प्रधानमन्त्री अली फालिह अल–जैदीसँगको छुट्टै कुराकानीमा पेजेस्कियनले बलिदान, भाइचारा र ऐक्यबद्धता सम्झाउने इद अल–अदाको मूल्यमान्यताहरूमाथि प्रकाश पार्दै क्षेत्रीय सहयोगलाई बलियो बनाउन आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

लाखौं मुस्लिमहरूले हजको १० औँ दिनमा पैगम्बर अब्राहमको ईश्वरप्रतिको भक्तिको सम्मान गर्न ईद अल–अधा मनाउँछन् । रासस

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु