global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

नेपाली नागरिकका लागि श्रीलंकाको ३० दिने निःशुल्क पर्यटक भिसा घोषणा

काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन – ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ ।

श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । दूतावासद्वारा जारी विज्ञप्ति अनुसार यो व्यवस्था २०२६ मे २५ देखि लागू भइसकेको छ ।

यस नयाँ प्रावधानअन्तर्गत पर्यटन प्रयोजनका लागि श्रीलङ्का भ्रमण गर्न चाहने नेपालीहरूले ३० दिनको दुई पटक प्रवेश गर्न मिल्ने पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसअघि यस्तो भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो । यस कदमले दुई देशबीचको पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

श्रीलङ्का भ्रमण गर्ने यात्रुहरूले त्यसतर्फ प्रस्थान गर्नुअघि नै श्रीलंका इमिग्रेसनको आधिकारिक वेबसाइट मार्फत वा काठमाडौंस्थित श्रीलङ्काली दूतावासमा सम्पर्क गरेर अनिवार्य रूपमा ईटीए प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु