global ime bank Long Banner Ad

गृहपृष्ठ यि हुन कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

यि हुन कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

यि हुन कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

मन्त्रि परिषद्ले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने र योगदानमा आधारित निवृतिभरण कोषस्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र उपर सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएका बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत प्रदान गर्ने निर्णय मन्त्री परिषद् बैठकले गरेको प्रवक्ता शाहले बताए ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु