global ime bank Long Banner Ad

गृहपृष्ठ मण्डला नाट्यशालाका लागि आवेदन खुला

मण्डला नाट्यशालाका लागि आवेदन खुला

मण्डला नाट्यशालाका लागि आवेदन खुला

काठमाडौँ । रङ्गमञ्च क्षेत्रमा अभियन, निर्देशन, लेखन सीप सिक्न चाहनेका लागि आवेदन खुला गरिएको छ । मण्डला नाट्यशालाले १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्ने जनाउँदै आवेदन खुला गरेको हो ।

‘मण्डला ड्रामा स्कुल (एमडीएस)’ को तेस्रो ब्याचका लागि नाट्यशालाले देशभर खुला आवेदन आह्वान गरेको छ । युरोपियन युनियनको सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सुरु हुने मण्डला नाट्यशालाले जनाएको छ । प्रशिक्षणमा सहभागीहरूले अभिनय, निर्देशन, नाटक लेखन, सहभागितामूलक रङ्गमञ्च, प्राविधिक पक्ष तथा उत्पादन प्रक्रियासम्बन्धी अभ्यास गराइने मण्डलाको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एण्ड आट्र्स (रङ)’ परियोजनाअन्तर्गत यो कार्यक्रम अगाडि बढाइएको हो । समावेशीमूलक सहभागितामा जोड दिँदै नेपालका सातै प्रदेशबाट प्रत्येक प्रदेशमा दुई जनाका दरले १४ जना सहभागी गराइने आयोजकले जनाएको छ । छनोटका क्रममा महिला, दलित, जनजातिलगायत सीमान्तकृत समुदायलाई प्राथमिकता दिइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रशिक्षणमा सहभागी भएपछि सहभागीले नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव(निटफेस्ट) २०२८ मा मञ्चन गर्ने अवसरसमेत पाउनेछन् । यही जेठ १२ गतेसम्म आवेदन दिन सकिने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु