nmb bank

गृहपृष्ठ मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै चिचिला गाउँपालिका

सङ्खुवासभा । सङ्खुवासभा चिचिला गाउँपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ । चिचिलाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरीमा पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै गएपछि पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।

जिल्ला सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको सवारी दूरीमा रहेको यस पोखरीलाई संरक्षणसहित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएपछि पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । मत्स्यपोखरीमा तीर्थयात्री तथा पर्यटक असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् ।

असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणीय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । चिचिला गाउँपालिकालाई धार्मिक तथा पर्यटकीय मत्स्य पोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए । उनले मत्स्यपोखरी क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न विभिन्न पूर्वाधार निर्माण गरेको छ । मत्स्यपोखरीलाई मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

मत्स्य पोखरी धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएकाले यसलाई व्यवस्थित रूपमा विकास गरिने बताए । मत्स्यपोखरीको आकर्षण थप्न असला माछाको स्तम्भ, पानीको फोहोरासहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदूत गौतमबुद्धको प्रतिमा बनाई प्राण प्रतिष्ठासमेत गरिएको छ । पोखरीको अवलोकन भ्रमणका लागि अहिले जिल्लाभित्र तथा अन्य जिल्लाबाट दैनिक आन्तरिक तथा बाह्य सयौँ बढी पर्यटक र श्रद्धालु भक्तजन पुग्ने गरेका छन् भने पिकनिकस्थल र पारिवारीक भ्रमणका लागि मानिसहरू जाने गरेका छन् ।

गाउँपालिकाले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित पोखरी आसपासमा पूर्वाधार निर्माणका क्रममा अहिलेसम्म घेराबार, पिकनिकस्थल, शौचालय, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडकको व्यवस्था गरेको छ । यहाँको कञ्चन पानीबाटै सभाखोलामा पाइने असला माछाको बीउ उत्पत्ति भएको भनिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक गाउँपालिकाले विभिन्न पूर्वाधार निर्माणसमेत गरेको छ । गाउँपालिकाले स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यावरण संरक्षणलाई जोड दिँदै दिगो पर्यटन विकासमा ध्यान केन्द्रित गरेको जनाएको छ । यसका साथै स्थानीय संस्कृति, परम्परा र मौलिक खानपानलाई प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य राखिएको छ ।

मत्स्यपोखरी क्षेत्रको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, आर्थिक गतिविधि बढ्ने र समग्र गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा थप बजेट विनियोजन गरी योजनालाई तीव्रता दिने जनाएको छ । रासस

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु