global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए ।

सरकारले उनीहरुलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उनीहरुले राजीनामा दिएका हुन् ।

 

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु