गृहपृष्ठ फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
धनगढी– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् ।
आज बिहान धनगढी पुगेका मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको धारणा राखेका हुन् ।
“विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ”, मन्त्री पोखरेलले भने, “सरकारले निर्माणलाई महत्व दिएर अघि बढ्छ ।”
प्रकाशित समय : १४:५४ बजे



















