गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार पूर्वअभ्यास सम्पन्न
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार पूर्वअभ्यास सम्पन्न
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भावित विमान दुर्घटनापछि गरिनुपर्ने उद्धार तथा राहत कार्यको तयारीका लागि आपत्कालीन अभ्यास सम्पन्न गरिएको छ।
बिहीबार दिउँसो सञ्चालन गरिएको उक्त अभ्यास विमानस्थलभित्र आकस्मिक अवस्था सिर्जना भएमा विभिन्न निकायबीचको समन्वय, उद्धार क्षमता तथा प्रतिक्रिया समय परीक्षण गर्ने उद्देश्यले गरिएको जनाइएको छ।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विमानस्थल कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, दमकल सेवा तथा एम्बुलेन्स टोलीको सहभागिता रहेको थियो।
सम्बन्धित निकायका अनुसार विमानस्थलमा सुरक्षा तथा उद्धार संयन्त्रलाई सुदृढ बनाउन यस्ता अभ्यास समय(समयमा नियमित रूपमा सञ्चालन गरिँदै आएको छ।
प्रकाशित समय : १९:४६ बजे




















