global ime bank Long Banner Ad

गृहपृष्ठ मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी

मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी

मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता, उद्धार जारी

काठमाडौं । विश्वको पाँचौँ अग्लो हिमाल मकालु ९८,४८५ मिटर० को सफल आरोहणपछि मानवीय क्षति भएको समाचार सार्वजनिक भएको छ ।

शिखरबाट फर्किने क्रममा भएको दुर्घटनामा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । घटनापछि उद्धार चुनौती थप जटिल बन्दै गएको छ ।

मकालु एडभेन्चरको टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पा करिब ७,५०० मिटर उचाइमा रहेको क्याम्प–४ माथिबाट लडेर ज्यान गुमाएका हुन् । त्यस्तै, ओरालो झर्ने क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प–४ नजिकैबाट बेपत्ता भएका छन्।

बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए । बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।

घटनापछि एटके एक्सपिडिसनले स्वेच्छिक उद्धार अभियान सुरु गरेको जनाएको छ । कम्पनीका अध्यक्ष पेम्बा शेर्पाका अनुसार फुर्वा ओङ्गेलको शव निकाल्न चार अनुभवी शेर्पा उद्धारकर्ता अशोक लामा, पासदावा शेर्पा, आङ छिरिङ शेर्पा र पासाङ तेन्जी शेर्पालाई परिचालन गरिएको छ ।

यसैबीच, मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले घटनाको पुष्टि गर्दै आधार शिविरमा रहेका अन्य

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु