global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह (भिडियो सहित)

केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह (भिडियो सहित)

केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह (भिडियो सहित)

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् ।

बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई बद्नाम गरेको बताए । केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए ।

उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।

उनले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन मिल्ने पर्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताए । ककअब एमालेको नेतृत्व फेर्नुको विकल्प नरहेको भन्दै महाधिवेशनका प्रतिनिधिले विवेकपूर्ण निर्णय लिनुपर्ने बताए ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु