global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

जनकपुर । अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ ।

बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ ।

एशोसिएसनले आज र भोली दुई दिन जनकपुरधाममा दिवस मनाउन लागेको हो । एशोसिएसनले जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक सभा हलमा मानव अधिकारको सन्दर्भमा एक वर्ष भरिका मानव अधिकार सम्बन्धी गतिविधीहरु समेटेर अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल बार एशोसिएसनका महासचिव केदार प्रसाद कोइरालाले जानकारी दिए ।

उनले सो अवधारणा पत्रमा सहभागीहरुले व्यापक छलफल गर्ने र अन्तिममा नेपाल बार एशोसिएसनले जनकपुरधाम घोषणा पत्र सार्वनिक गरिने बताए ।

घोषणा पत्रमा नेपालभरिको मानव अधिकारको अवस्था र अबको दिनमा मुलुकले लिनुपर्ने मानव अधिकारका विषयमा नितीहरुलाई समेटिने महासचिव कोइरालाले जानकारी दिए । आज हुने बृहत गोष्ठि कार्यक्रमको उद्घाटन सत्रमा नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु