काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कान्ति लोकपथमा पहिरो, सडक पूर्ण अवरुद्ध

3.82K
shares

मकवानपुर । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहानै  परेको अविरल वर्षापछि मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खस्दा सडक आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सडक खुलाउने कार्य जारी रहेको र बाटो खुल्न करिब दुई घण्टा थप लाग्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । पहिरोका कारण सयौँ सवारीसाधन बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।