global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेशको प्रतिक्षा भइरहेको छ ।

आदेश आउन लामो समय लागेपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो भिड लागेको छ । भिडलाई व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे परेको छ।

रिपोर्टिङका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले सर्वोच्चको गेटबाट बाहिर निकालेको छ । पत्रकारहरूलाई सडकभन्दा पारी जान भनिएको छ।

सर्वोच्च परिसर र सडकमा अहिले रास्वपाका सयौँ कार्यकर्ता र समर्थकको भिड लागेको छ। तर अझैसम्म आदेश आइसकेको छैन ।

शुक्रबार सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

बहसपछि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

सुनुवाइ सकिएकाले अहिले न्यायाधीशद्वय ढोका थुनेर आदेश लेखिरहेका छन् । अबको केही बेरमा आदेश आउने बताइएको छ ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु