global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आगलागीमा तीन लाख बढीको क्षति

आगलागीमा तीन लाख बढीको क्षति

आगलागीमा तीन लाख बढीको क्षति

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ ।

भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । चुल्होबाट आगो सल्किँदा ढुङ्गा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा चार घण्टापछि आगो निभाइएको छ । आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन् ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु