काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोख्रेलको अध्यक्षतामा सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपाल गठन

3.65K
shares

सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजको राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट लक्ष्मण पोख्रेलको अध्यक्षतामा १३ सदस्य कार्यकारी समिती रहने गरी सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपालको औपचारिक गठन गरिएको हो । एसोसिएसन ३२ वटा सम्बन्धन प्राप्त क्याम्पसको साझा संस्था हुनेछ । नवगठिन एसोसिएसनको उपाध्यक्षमा राजन सापकोटा, महासचिवमा भुवन चक्र जोशी, सचिवमा शंकरप्रशाद शर्मा र कोषाध्यक्षमा रामकृष्ण दंगाल चयन भएका छन् ।

यस संस्थाले विश्वविद्यालयसँग सम्बन्धित ३२ वटा निजी क्याम्पसको प्रतिनिधित्व गर्नेछ । अध्यक्ष पोख्रेलका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित क्याम्पस तथा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर, व्यावसायिक अवसर, अनुसन्धान र हकहितको सुरक्षाका लागि विश्वविद्यालय, सरकारी, गैर सरकारी निकायहरु, मन्त्रालयहरू, विभागहरू तथा अन्य एजेन्सीसँग सकारात्मक समन्वय गर्नेछ ।

महेन्द्रनगर कञ्चनपुरमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालय वि.सं २०६७ सालमा नेपाल सरकारको पूर्ण स्वमित्वमा राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापना गरिएको हो । विश्वविद्यालय शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, सामुदायिक संलग्नता र साझेदारीको सन्दर्भमा देशको एक प्रमुख शैक्षिक संस्थाको रूपमा सञ्चालित हुँदै आइरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयले व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि, सामाजिक शास्त्र, मानविकी, सूचना प्रविधि लगायत विभिन्न संकायमा स्नातकदेखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सुदूरपश्चिम विश्वविद्यालयका १५ आंगिक क्याम्पसहरू र ३२ वटा निजी सम्बन्धन प्राप्त क्याम्पसलाई छन् । विद्यार्थी संख्याको हिसाबले सुदूरपश्चिम विश्वविद्यालय नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो । सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपालको गठनपछि विश्वविद्यालय र सम्बन्धित क्याम्पसबीच समन्वय बढ्ने, शिक्षा तथा अनुसन्धानको गुणस्तर सुधार हुने अपेक्षा गरिएको बताइएको छ ।