global ime bank Long Banner Ad

गृहपृष्ठ सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १८ निर्माण कम्पनीलाई कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १८ निर्माण कम्पनीलाई कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १८ निर्माण कम्पनीलाई कालोसूचीमा

नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो ।

यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको छ । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

उक्त ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

 

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु