काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्य बीमा कार्यक्रमः सुविधा थैलीमा क्यापिङ प्रणाली अर्को निर्णय नभएसम्म लागू नहुने

5.31K
shares

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सुविधा थैलीमा हाललाई क्यापिङ प्रणाली लागू नहुने भएको छ।

स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै सुविधा थैलीमा क्यापिङ प्रणाली हाललाई लागू नहुने व्यवस्था गरिएको जानकारी गराएको हो। अर्को निर्णय नभएसम्म क्यापिङ प्रणाली लागू नहुने बोर्डको मंगलबार बसेको बैठकले निर्णय गरेको हो।

सुविधा थैलीअन्तर्गतका सेवासुविधाको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिम बीमितले एकपटक औषधि तथा सेवा लिइसकेपछि १ महिना वा ३ महिनासम्मका लागि क्यापिङ प्रणाली लागू गरिएको थियो। हाल बाढीपहिरोको विपद्का कारणले बीमितले स्वास्थ्य सेवा लिन कठिनाइ भएकोले सहजताका लागि क्यापिङ प्रणाली लागू नहुने व्यवस्था गरिएको बोर्डले जनाएको छ।