दैलेखमा जिप दुर्घटना : ९ जना घाइते, २ को अवस्था गम्भीर
वि.सं.२०८१ असार १४ शुक्रवार १८:३५
shares

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
आज दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको हो ।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ

























