काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेक्सिकोले इक्वेडरको दूतावासमाथि छापालाई अन्तर्राष्ट्रिय अदालतमा पुर्यायो

5.88K
shares

मेक्सिकोले क्विटोमा आफ्नो दूतावासमा भएको हमलालाई लिएर हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इक्वेडरविरुद्ध मुद्दा दायर गरेको बिहीबार बताएको छ ।

विदेशमन्त्री एलिसिया बार्सेनाले पत्रकार सम्मेलनमा भन, “मुद्दामा मेक्सिकोले ‘अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त र मान्यताहरूको उल्लङ्घनलाई मान्यता दिँदै’ सार्वजनिकरूपमा माफी नमागेसम्म इक्वेडरलाई संयुक्त राष्ट्रसङ्घबाट निलम्बन गर्न अनुरोध गरिरहेको छ ।”

मुद्दाको लक्ष्य ‘मेक्सिकाली राज्य र उसका नागरिकहरूलाई परेको नैतिक क्षतिको भर्पाईको प्रत्याभूति दिनु थियो’ भने ।

इक्वेडरको सुरक्षा बलहरूले आफ्ना पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई पक्रन शुक्रबार राति मेक्सिकाली दूतावासमाथि हमला गरेका थिए । घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुन् र उनलाई मेक्सिकोले शरण दिएको थियो ।

अभेद्य कूटनीतिक क्षेत्रमा भएको दुर्लभ घुसपैठले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गराएको छ र मेक्सिकोलाई इक्वेडरसँग सम्बन्ध तोड्नका लागि बाध्य बनाएको छ । साथै मेक्सिकोले आफ्ना कूटनीतिज्ञहरूलाई इक्वेडरबाट बाहिर निकालेको छ ।

सोही पत्रकार सम्मेलनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले अन्तर्राष्ट्रिय कानूनको प्रत्याभूति होस् भन्ने हिसाबले विश्वका कुनै पनि मुलुकले यस्तो नदोहोर्याउन् भन्ने लक्ष्य रहेको बताए ।