काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इटालियन सिरी ए : मोन्जासँग इन्टर मिलानको फराकिलो जित

5.36K
shares

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा मोन्जालाई ५–१ गोलले हराउँदै मिलानले सानदार जित निकालेको हो ।

इन्टरका लागि हाकान काल्हानोग्लु र लाउटारो मार्टिनेजले दुई–दुई तथा मार्कस थुरामले एक गोल गरेका थिए । मोन्जाका मटेओ पेसिनाले एक गोल फर्काएका थिए ।

इनटरका हाकानले खेलको १२औँ र ६०औँ मिनेटमा गोल गरेका थिए भने लाउटारोले १४औँ र ८४औँ मिनेटमा गोल हानेका थिए ।

यस्तै मार्कसले ८८औँ मिनेटमा इन्टरका लागि अर्को गोल थपेका थिए । उता, मोन्जाका पेसिनाले खेलको ६९औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितसँगै इन्टर मिलान २० खेलबाट ५१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको मोन्जा २५ अंकका साथ ११औँ स्थानमा छ ।