काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटी बैंकले आगामी दुई वर्षमा २० हजार कर्मचारी घटाउने

5.73K
shares

अमेरिकाका पाँच ठूला बैंकहरूमध्येको एक सिटी बैंकले आगामी दुई वर्षमा २० हजार रोजगारी घटाउने घोषणा गरेको छ । यो बैंकको विश्वभरका कुल कर्मचारीहरूको १० प्रतिशत हो।

मुख्य वित्तीय अधिकारी मार्क मेसनले भने ‘सन् २०२३ को सुरुमा २.४० लाख कर्मचारी थिए र उनीहरूको संख्या २०२५ वा २०२६ सम्ममा १.८ लाखमा कम हुने सम्भावना छ।’

पछिल्लो तीन महिनामा १ अर्ब ८ करोड डलर घाटा बेहोरेपछि सिटी बैंकले पुनर्संरचनाको घोषणा गरेको हो ।

यस वर्ष पुनर्संरचनामा १ बिलियन डलर खर्च हुनेछ र छोटो अवधिमा साढे २ बिलियन बचत हुने अपेक्षा गरिएको छ।

आर्थिक कठिनाइको सामना गरिरहेको बैंकले विदेशमा आफ्ना धेरै कार्यहरू बन्द वा बेचेको छ ।