global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई सोध्यो स्पष्टीकरण

नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ। कम्पनीहरूले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाएपछि गत सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

निर्णयअनुसार मंगलबार नै कम्पनीहरूलाई पत्र पठाएको नेपाल धितोपत्र बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए।

बोर्डले गत साउन ११ गते सूचीकृत कम्पनीलाई समयमा नै विवरण बुझाउन सूचित गरेको थियो। तर, ८८ वटा कम्पनीले अटेरी गरेपछि बोर्डले कारबाहीको प्रक्रिया थालेको हो।

समयमा विवरण नबुझाए बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ अनुसार सूचीकृत कम्पनीले बोर्डमा त्रैमासिक विवरण बुझाउनु पर्ने हुन्छ।

तर, यो अनुसूचीअनुसार कम्पनीले विवरण नबुझाए ऐनबमोजिम कारबाही गरिने बोर्डले जनाएको छ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु