काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानमाथि भारतको शानदार जित

6.64K
shares

भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लागातर तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले यस विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याएको भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ८६ रन बनाएका थिए भने श्रेयस अय्यरले अविजित ५३ रन बनाएका थिए । त्यसैगरी शुभमन गिल र विराट कोहलीले १६-१६ रन बनाए भने केएल राहुलले अविजित १९ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तान ४२.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो ।