उपत्यका छाडनेको भीड, हिजो ४० र आज ५० हजार बाहिरिए
वि.सं.२०८० असोज २७ शनिवार २०:४१
shares

दशैँको पूर्वसन्ध्यामा यातायात व्यावसायीले अग्रिम टिकट बुकिङ गरेसँगै उपत्यका छाड्नेको संख्या बढ्न थालेको छ ।
कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरूको बिहानदेखि साँझसम्म भीड बढ्न थालेकाे छ।
काठमाडौँ उपत्यका बाट बाहिरिने यात्रुको चाप बढेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो ४० हजारले उपत्यका छाडेकामा आज एकै दिन ५० हजारबढी बाहिरिएकाे अनुमान गरिएको छ।
हालसम्म ९७ हजारभन्दा बढीले अनलाइन वा प्रत्यक्षरूमा घर जानका लागि टिकट लिएको महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । उनका अनुसार ७५ हजार यात्रुले काउण्टरमै पुगेर टिकट लिएका छन्।
























