‘नाडा अटो शो २०२३’ को विशाल प्रदर्शनी आज सकिँदै
वि.सं.२०८० भदौ ३१ आइतवार ०९:३८
shares

‘नाडा अटो शो २०२३’ आज सकिँदैछ। गत मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको उक्त शो आइतबार अन्तिम दिन रहेको छ। शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको उक्त शोमा ६५ हजार ९०० भन्दा बढी अवलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको छ। पाँचौँ दिन अर्थात् शनिबारसम्म आइपुग्दा सो बराबरको सङ्ख्यामा नाडा अटोको शोको भ्रमण गरेका छन्।
निजी प्रयोजनका लागि उपयुक्त विशेष गरी चार पाङ्ग्रे सवारी, मोटरसाइकल तथा स्कुटरमा अवलोकनकर्ताको उपस्थित बाक्लो छ ।
उनले भने,–‘नाडा अटो शोमा अवलोकनकर्ताहरूको भिड निकै नै उत्साहजनक भएको छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन् । त्यसमा निकै भिडभाड देख्न सकिन्छ ।’
विशेष गरी विद्युतीय सवारीहरूको स्टलमा निकै नै भिड देख्न सकिन्छ । पछिल्लो समय विद्युतीय सवारीमा आम मानिसका क्रेज बढ्दो नै छ । नयाँ तथा पुराना विद्युतीय सवारीको बारेमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड बढी देख्न सकिन्छ ।

























