काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसिया छनोट : बहराइनमाथि नेपालको सानदार जीत

5.69K
shares

मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ ।

मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा नेपालले बहराइनलाइनलाई १० विकेटले पराजित गरेको हो । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १७ रन बनाइन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।​बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन् ।

त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान एक–एक विकेट लिए ।