global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाई हुने भनिए पनि आजको सुनवाइ स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशीका लागि तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको हाे ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु