गृहपृष्ठ डा. गोविन्द केसीको अनसन स्थगित
डा. गोविन्द केसीको अनसन स्थगित
मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनेको आमरण अनसन एक महिनाका लागि स्थगित गरेका छन् ।
सरकारले एक महिनाको समय मागेको भन्दै डा. केसीले सो अवधिभित्र मागहरु सम्बोधन नगरिए भदौ २९ गतेदेखि आमरण अनसनसहित कठोर कदम चाल्ने चेतावनी पनि दिए ।
एक महिनाभित्रै सिटिइभीटीको अवैध निर्णय खारेजी तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीका समयमै नियुक्ति लगायतका विषय पुरा हुनुपर्नेमा उनको जोड छ ।
डा. केसीले सत्ता र प्रतिपक्षमा हुने तीनै दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीको निहित स्वार्थ तथा माफियाहरुसितको साँठगाँठका कारण सरकार अझै पनि जनतालाई राहत हुने गरी हुने स्वास्थ्य र मेडिकल शिक्षाको सुधारमा अवरोध ल्याउन लागिपरेको आरोप पनि लगाएका छन् ।
प्रकाशित समय : ०८:१३ बजे


















