गृहपृष्ठ एमालेले तोक्यो प्रदेश अधिवेशन मिति
एमालेले तोक्यो प्रदेश अधिवेशन मिति
एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ । एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९, कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२, १३, गण्डकी प्रदेश असोज १५, १६, उपत्यका विशेष प्रदेश असोज १९, २० र सुदूरपश्चिममा असोज २१ र २२ का लागि अधिवेशन तोकिएको छ ।
यसका साथै बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बैठकले कञ्चनपुरमा भएको युवासंघको झडपको विषयमा छानबिनका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ ।
टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहेका छन् ।
प्रकाशित समय : ०८:३९ बजे


















