गृहपृष्ठ केशव स्थापितले लिए एमालेबाट बिदा

केशव स्थापितले लिए एमालेबाट बिदा

केशव स्थापितले लिए एमालेबाट बिदा

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा काठमाडौंका पूर्वमेयर केशव स्थापितले एमालेबाट बिदा लिएका छन् । उनले पार्टीको जिम्मेवारीबाट बिदा लिएको जानकारी सोमबारको सचिवालय बैठकपछि एक पदाधिकारीले दिएका हुन् ।

उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए । तर स्वतन्त्र मेयर बालेन शाहसँग पराजित भएका थिएन । उनले तेस्रो मत ल्याएका थिए ।

२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पनि पुनः मेयरमै मनोनीत भएका थिए ।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारसमेत बनेका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।

स्थापितसहित सिरहाका प्रमोद यादवले पनि बिदा लिएको एमालेका एक नेताले जानकारी दिए ।

प्रकाशित समय : ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु