global ime bank Long Banner Ad

गृहपृष्ठ बुधबारका लागि बोलाइयो कोशी प्रदेश सभा बैठक

बुधबारका लागि बोलाइयो कोशी प्रदेश सभा बैठक

बुधबारका लागि बोलाइयो कोशी प्रदेश सभा बैठक

अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक बुधबारका लागि बोलाइएको छ । सभामुख बाबुराम गौतमले गत मंगलबारको बैठकबाट अनिश्चितकालका लागि स्थगित गरेको प्रदेश सभा बैठक जेठ ३१ गते बुधबारका लागि बोलाइएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेका छन् ।

माओवादी केन्द्रले सरकार छाडेका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रमलाई छलेर बजेट भने अध्यादेशबाट ल्याउनसक्ने आशंका भइरहेको बेलामा बुधबारका लागि प्रदेश सभाको बैठक बोलाइएको हो । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट पेस हुने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु