गृहपृष्ठ दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ:  अध्यक्ष ओली

दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ:  अध्यक्ष ओली

दातृ निकायसँग प्रधानमन्त्रीले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ:  अध्यक्ष ओली

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायसँगको ब्रिफिङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उनले भने, ‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । यो गर्न मिल्छ ?’

 राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहारेको भन्दै आपत्ति जनाएका अध्यक्ष ओलीले भने, ‘राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ?’

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु