काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै

6.34K
shares

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवाद हुने भएको हो ।

डिजिटल गण्डकी संवादमा प्रदेशको डिजिटल क्षमता र अवस्था बारे वृहत छलफल हुनेछ । संवादमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ ।

कार्यक्रममा गभर्मेन्ट आर्किटेक्ट विज्ञ विवेक राणा, प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई–गभर्नेन्स विज्ञ विज्ञान सत्याल र नेपाल दूरसञ्चार प्राधिकरणले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यार्सा टेकका संस्थापक एनजे सुवेदी, फोनपेका सीईओ दिवस सापकोटा, प्रदेश मन्त्रालयका सचिव, मेयर र सरोकारवालाहरूबीच प्यानल सेसन हुनेछ ।