काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को बिक्री खुला

6.17K
shares

 सिद्धार्थ क्यापिटलले आजदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फन्ड बिक्री खुला गरेको छ । सिद्धार्थ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको छ । यो बन्दमुखी योजना हो ।

क्यापिटलले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत १२ करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमध्ये फन्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि ५ प्रतिशत अर्थात ६० लाख सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ । सो समयमा सबै इकाई बिक्री नभएमा २०८० साल वैशाख १० गतेसम्म आवेदन खुला रहने छ ।

यस इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।