सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०७९ फागुन २३ मंगलवार ११:४६
shares

मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भइरहेकाे छ । तेजावी सुनकाे मूल्य भने प्रतिताेला एक लाख दुई हजार रूपैयाँ ताेकिएकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ । आइतबार एक हजार २७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ ।






















