global ime bank Long Banner Ad

गृहपृष्ठ कर्जा बढ्दा दबाबमा बैंक, १३ अर्ब ब्याज उठेन

कर्जा बढ्दा दबाबमा बैंक, १३ अर्ब ब्याज उठेन

कर्जा बढ्दा दबाबमा बैंक, १३ अर्ब ब्याज उठेन

चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक नरहेको बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । सञ्चालनमा रहेका २२ मध्ये २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने वित्तीय विवरण नै सार्वजनिक गरेको छैन । जसमध्ये कषि विकास बैंकले मात्रै नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा अरु बैंकको वित्तीय विवरण नाफामा देखिएको छ ।

बैंकहरुको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम बढ्दा खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी बढेपनि सञ्चालन मुनाफा र खुद मुनाफा भने प्रभावित बनेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गरेका २१ वटा वाणिज्य बैंकले ३१ अर्ब १४ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.११ प्रतिशत बढी हो ।

२८ असार २०७९ बाट नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर एकिकृत कारोबार सुृरु गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ८१ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । उक्त नाफा पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको नाफामा जोड्ने हो भने चालु आवको दोस्रो त्रैमासमा बैंकहरुको नाफा ८ प्रतिशतले मात्रै बढेको देखिन्छ ।

तर, बैंकहरुको उक्त नाफामा नउठेको ब्याज आम्दानी नै १३ अर्ब ६ करोड रहेको छ । अझै प्रभु बैंकले सेञ्चुरीलाई गाभेपछि उक्त बैंकको करिब ७१ करोड १७ लाख रुपैयाँ नउठेको ब्याज आम्दानी यसमा जोडिएको छैन । त्यसलाई पनि जोड्ने हो भने बैंकहरुको ३१ अर्ब नाफामा नउठेको ब्याज करिब १४ अर्ब रुपैयाँ हुन्छ । बैंकहरुले ‘रेगुलेटरी रिजर्भ’मा पठाउने अधिकांश रकम नउठेको ब्याज आम्दानी हो ।

प्रकाशित समय : ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु