global ime bank Long Banner Ad

गृहपृष्ठ यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज सन् २०२३ को २४ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रमः

सन् १९६५ को जनवरी २४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु  भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु ९० वर्षको उमेरमा लन्डनमा भएको थियो ।

सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो । सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान थियो ।

सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो ।

सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु