गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डका जुवाई बने प्रदेश १ को पर्यटनमन्त्री

प्रधानमन्त्री प्रचण्डका जुवाई बने प्रदेश १ को पर्यटनमन्त्री

प्रधानमन्त्री प्रचण्डका जुवाई बने प्रदेश १ को पर्यटनमन्त्री

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।

तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय र बुद्धीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् । दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् । आचार्य प्रधानमन्त्री प्रचण्डका छोरी जुवाई हुन् । प्रचण्डको प्रमुख स्वकिय सचिव रहेकी गंगा दाहालका श्रीमान आचार्यलाई सत्ता गठबन्धनले प्रदेश एकको मन्त्री बनाएको हो ।

राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी र जनता समाजवादी पार्टी जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाएकी छन् ।

आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन् ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु