global ime bank Long Banner Ad

गृहपृष्ठ उत्तर कोरियाले मिसाइल हानेर गर्‍यो नयाँ बर्षको स्वागत

उत्तर कोरियाले मिसाइल हानेर गर्‍यो नयाँ बर्षको स्वागत

उत्तर कोरियाले मिसाइल हानेर गर्‍यो नयाँ बर्षको स्वागत

उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।

राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समय अनुसार बिहान २ः५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर (२४९ माइल) उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस)ले भनेको छ ।

जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण  रोक्न आग्रह गर्दै भनेको छ ‘हामी उत्तर कोरियाको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौं जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पुर्‍याउने गम्भीर उत्तेजना हो ।’

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु