global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश १ को पहिलो संसद बैठक आज

प्रदेश १ को पहिलो संसद बैठक आज

प्रदेश १ को पहिलो संसद बैठक आज

प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज आइतबार बस्दैछ ।

४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनर्गे भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु