गृहपृष्ठ गैर आवासीय नेपाली संघ युकेका अध्यक्षले दिए नयाँ बर्षको शुभकामना
गैर आवासीय नेपाली संघ युकेका अध्यक्षले दिए नयाँ बर्षको शुभकामना
गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले नयाँ बर्ष २०२३ को शुभकामना प्रदान गर्दै संघलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।
अंग्रेजी नयाँ बर्षलाई विश्वभर भव्य स्वागत गरिरहँदा अध्यक्ष खड्काले बेलायतबासी नेपाली र समस्त गैर आवासीय नेपाली संघ बेलायतका सदस्यसहित नेपालीहरुमा शुभकामना सन्देश जारी गरेको प्रवक्ता शशांक शर्माले जानकारी दिए । अध्यक्ष खड्काले सुख, शान्ति, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगति शुभकामना व्यक्त गरेका छन् ।
बेलायतमा संघको स्थापना भएयता विभिन्न उतारचढाव भइरहेको कुरालाई स्मरण गर्दै उनले समयसँगै नेतृत्वले सही ढंगले सम्बोधन गर्न सफल भइरहेको बताए । ‘गैर आवासीय नेपाली संघ बेलायतको यो इतिहासलाई मेरो नेतृत्वमा रहेको कार्यसमितिले पनि अगाडी बढाउने कुरामा विश्वस्तु छु,’ उनले भने ।
यस कार्यमा आफुलाई सहयोग गर्न सबै बेलायतबासी नेपालीलगायत संघको अन्तर्राष्ट्रिय नेतृत्वलाई समेत अनुरोध गरेको प्रवक्ता शशांक शर्माले बताए ।
प्रकाशित समय : ०९:४१ बजे



















