global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायती राजाबाट नेपालीले पाए पदक

बेलायती राजाबाट नेपालीले पाए पदक

बेलायती राजाबाट नेपालीले पाए पदक

बेलायतस्थित एक जना नेपाली समाजसेवी तथा व्यवसायी महन्त श्रेष्ठले राजा चार्ल्स तृतीयबाट दिइने अर्डर अफ द ब्रिटीस एम्पायर (ओबीई) पदवि पाएका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवि अन्तर्गत श्रेष्ठले ओबीई पाएका हुन् । आगामी जुन महिनामा एक समारोहबीच उक्त पदक दिइने छ ।

कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति उक्त विशिष्ठ पदवि दिइन्छ । यस वर्ष करिब ११ सय जनाले यस्तो पदवि पाएको राजपरिवारको आधिकारिक पत्रिका लन्डन गजेटमा उल्लेख छ । ओबीई पदक यसअघि डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धितालले पाइसकेका छन् ।

प्रकाशित समय : ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु