गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे मिति सर्‍यो

सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे मिति सर्‍यो

सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे मिति सर्‍यो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताकाे मिति सरेकाे छ । प्रतियोगिता फागुन १९ गतेबाट सुरु हुने भएको हाे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति बनेको छ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।

यसअघि एन्फाले शीर्ष डिभिजनको लिग पुस २८ गतेबाट गर्ने निर्णय गरेको थियो । तर, तयारी खर्च नपाएको भन्दै क्लबहरुले तोकिएको मितिमा लिग खेल्ने अस्वीकार गर्दै आएका थिए ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याइएको छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु