काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनकाे मूल्य २ सय रूपैयाँ घट्यो

4.97K
shares

बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूलय तोलाको एक लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन चाँदी तोला १ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।