global ime bank Long Banner Ad

गृहपृष्ठ यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

यमनको गृहयुद्धमा ११ हजार बालबालिकाको मृत्यु

यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

करिब आठ वर्ष अघिदेखि चर्किएको ११ हजारभन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो । द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आँकलन गरेको छ । ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने सम्भावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन् । हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् । ’ पाँच वर्षमुनिका झन्डै २२ लाख यमनी बालबालिकाहरू कुपोषित भएका उनीहरुमध्ये धेरैजसो हैजा, दादुरा रोगहरूको चरम  जोखिममा रहेका पनि युनिसेफले जनाएको छ । सन् २०१४ मा यमनको युद्ध सुरु भएको थियो ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु