global ime bank Long Banner Ad

गृहपृष्ठ भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ ।

आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो ।

आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ । ४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ ।

यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम गरिरहेको थियो ।

तर, निर्वाचन आयोगले  जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि काम रोकिएको थियो ।

प्रकाशित समय : ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु