global ime bank Long Banner Ad

गृहपृष्ठ मेलम्चीको सुरुङमा पानी भर्न सुरु, लगत्तै वितरण प्रणालीमा पठाउने तयारी

मेलम्चीको सुरुङमा पानी भर्न सुरु, लगत्तै वितरण प्रणालीमा पठाउने तयारी

मेलम्चीको सुरुङमा पानी भर्न सुरु, लगत्तै वितरण प्रणालीमा पठाउने तयारी

मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुन: काठमाडौं ल्याउन सुरु गरेको मेलम्ची खानेपानी समितिले सामाजिक सञ्जालमार्फत जानकारी गराएकाे हाे ।

समितिले २६ किमी सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

‘अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि २६ किमी सुरूङ भर्ने कार्य २०७९/०८/१२ देखि प्रारम्भ भएको छ । अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ । यस अवस्थासम्म ल्याइपुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हात र साथहरूमा विशेष धन्यवाद,’ समितिले फेसबुक पेजमार्फत भनेकाे छ ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु